अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार बढी कोरोना सङ्क्रमित थपिए

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:२७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १७ हजार ८ सय ७२ पिसिआर र ४ हजार ९ सय ५६ एन्टीजेन गरि कुल २२ हजार ८ सय २८ जनाको नमुना परिक्षण गरिएकोमा काठमाण्डौं उपत्यकामा मात्रै ५ हजार ५ सय ४९ थपिएका छन् । आजको दैनिक सङ्क्रमण दर झन्डै ४५ प्रतिशत पुगेको छ ।

यस्तै ५ सय ६२ जना कोरोना सङ्क्रमणमुुक्त भएका छन् भने १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १ सय ४८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । १२ जिल्लामा सक्रिय सङ्क्रमित ५ सय भन्दा बढी छन् भने ६ जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या २ सय भन्दामाथि छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू