अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

म हारेको होइन, थाकेको पनि छैन: हरिबोल भण्डारी

बिआरटीनेपाल २०७८ पुष ९ गते ९:५४ मा प्रकाशित

काठमाडौँ- नेपाली काँग्रेस कार्यसमिति सदस्यमा विदेशमा बस्ने नेपालीको प्रतिनिधित्व समेत हुने गरी उम्मेदवारी दिएका हरिबोल भण्डारीले आफूले प्राप्त गरेको समर्थनले अझ बढी उत्साहित भएको बताएका छन् ।

खर्स आर्य समूहबाट उम्मेदवारी दिएका भण्डारीले १५९३ मत प्राप्त गरेका थिए । तर, यो मत जितका लागि भने पर्याप्त भएन । केही मतले उनी केन्द्रीय समिति सदस्य हुनबाट रोकिए ।

नेपाली काँग्रेसको यो महाधिवेशनको नेतृत्व चयन प्रक्रिया गुट उपगुटमा विभाजित थियो । अधिकांश शेरबहादुर देउवा पक्षमा रहेका उम्मेदवारले जितेका छन् ।

म विदेशमा बस्ने ६० लाख नेपालीलाई समेत प्रतिनिधित्व गर्दै पुरानो पार्टी नेपाली काँग्रेसमा कार्यसमितिका लागि उम्मेदवार वनेको थिएँ भण्डारीले भने काँग्रेसका महाधिवेशन प्रतिनिधिले मलाई दिनुभएको मतमा सबैलाई जस जान्छ ।

म हारेको होइन, थाकेको पनि छैन भण्डारीले प्रतिकृयामा भनेका छन् बिपी विचारको शस्त्र बोकेको यो सिपाही न हारेको छ न थाकेको छ अझ बढी उत्साहित वनेको छ जति गर्न सकिन त्यसका लागि कृयाशिल रहने छु ।

विद्यार्थीकाल देखि नै काँग्रेस राजनीतिमा सक्रिय भण्डारी व्यवसायी हुन । नेपाल र विदेशमा उनका व्यवसाय छन् । उनी विदेशमा बस्ने नेपालीको संस्था एनआरएनएका सल्लाहकार समेत हुन् । विदेशमा बस्ने नेपालीसँगको पहुँचमा उनको राम्रो सञ्जाल थियो ।

उनको उम्मेदवारीमा विदेशमा बस्ने नेपालीले व्यापक समर्थन जनाएका थिए । विदेशमा बस्ने नेपालीको आवाज बोल्न पनि पुरानो राजनीतिक पार्टीमा विदेशमा बस्ने कसै न कसैको प्रतिनिधित्व होस भन्ने पक्षमा विदेशमा रहेका नेपाली थिए ।

त्यसैले विदेशमा बस्ने नेपालीले भण्डारीको उम्मेदवारीलाई चासोका साथ हेरेका थिए । निकै ढिलो गरी आएको खर्स आर्यको नतिजाले काँग्रेसले विदेशमा बस्ने नेपालीलाई कसरी र कस्तो स्थान दिन्छ भन्ने चासो छ । काँग्रेसको कार्यसमिति सदस्य हुन नेपालबाटै महाधिवेशन प्रतिनिधि हुनु पर्छ । भण्डारीले आफ्नो क्षेत्र काठमाडौँ ३ जोरपाटीबाट सर्वाधिक मतका साथ महाधिवेशन प्रतिनिधि भएका थिए ।

निकट आएका स्थानीय, प्रदेश र संसद्को निर्वाचनमा विदेशमा बस्ने नेपालीको प्रभाव पनि व्यापक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू