अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

जनकपुरमा विवाह पञ्चमी : मटकोर विधि सम्पन्न

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:४८ मा प्रकाशित

श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज(मंगलबार) मटकोर विधि सम्पन्न गरिएको छ । जनकपुरधामस्थित पवित्र सरोवर गंगा सागर पोखरीबाट विवाहका लागि वेदी बनाउन माटो खनेर मटकोर विधि मनाइएको हो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको नेतृत्वमा मन्दिरबाट बाजागाजाका साथ साधुसन्त सहित हजारौ श्रद्धालुको सहभागितामा माटो खनिएको हो । माता सीताको स्वरुपलाई पूजापाठ गरी गंगा सागरको डिलमा खनिएको माटो वेदीका लागि मन्दिरमा भित्रियाइएको छ । यही माटो विवाहमा बन्ने बेदीमा प्रयोग गरिनेछ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि (बुधबार) मंसिर शुक्ल पञ्चमी तिथिका दिन विवाह पञ्चमी महोत्सव मनाइंदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू