अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

नेपालमा कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइसकेकालाई बुस्टर डोज लगाइने

बिआरटीनेपाल २०७८ मंसिर १९ गते ६:३५ मा प्रकाशित

सरकारले कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइसकेका सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अझै २ करोड मात्रा खोप मौज्दात रहेको भन्दै तेस्रो खोप लगाउन आग्रह गर्नुभएको हो ।

नेकपा एकीकृत समाजवादी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला खोप लगाउन अनिवार्य भइसकेको बताउनुभयो । उहाँले हालसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू