अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

अस्पताल भर्ना हुनुभएका प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था ’स्थिर’

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:२१ मा प्रकाशित

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पताल भर्ना हुनुभएको छ ।

हिजो सोमवार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ आएको र निमोनियासमेत देखिएपछि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उहाँलाई भर्ना गरिएको हो । केही दिनअघि परिवारका सदस्यलाई सङ्क्रमण भएकाले उहाँलाई घरकै सदस्यबाट सङ्क्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

अस्पताल भर्ना भए पनि उहाँको स्वास्थ्य अवस्था ’स्थिर’ रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू