अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

राप्रपा अध्यक्ष कमल थापाद्धारा फेरिपनि अध्यक्षमा उम्मेद्वारी घोषणा

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:०३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाण्डौमा मङ्सिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाण्डौमा मङ्सिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

उहाँले पार्टीमा रहेर नगरि नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताउनुभयो । उहाँले एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई एक पटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो ।

अध्यक्ष थापाले आउँदो चुनावबाट कांग्रेस र एमालेपछि तेस्रो ठूलो शक्तिको रूपमा राप्रपा उदाउने दाबी गर्नुभयो । सबै एकत्रित भएर काम गरे आउँदो चुनावमा अप्रत्याशित सफलता हासिल गर्ने भन्दै अध्यक्ष थापाले आफूपछिको उत्तराधिकारी राजेन्द्र लिङ्देन र धवल शम्शेर नै भएकाले एक पटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाउने अवसर आफूलाई दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू