अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

काग तिहारमा रमेश दुलालको १८ औँ काग सम्मेलन

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ६:४९ मा प्रकाशित

काठमाडौँ । विगत १८ वर्ष देखी काग तिहारको अवसर पारेर काग सम्मेलन गर्दै आउनु भएका कलाकार रमेश दुलालले यसबर्ष पनि १८ औँ काग सम्मेलन गर्नुभएको छ । काठमाडौँको शान्तिबाटिका गेट, रत्नपार्कमा बिहान ६ बजे काग तिहारको अवसर पारेर काग सम्मेलन गर्नुभएको हो । रमेशले आफ्नो मुखबाट कागको आवाज निकालेर काग जम्मा पार्नुभएको थियो ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको १८ औँ बृहत् काग सम्मेलन कार्यक्रमलाई ग्रिन सिटी हस्पिटल वसुन्धराले सौजन्य सहयोग गरेको थियो । मुखबाट १ सय ७३ जीव जनावर तथा चराचुरुङ्गी, तथा बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामना सहित काग सम्मेलन गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू