अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

“वर्तमान सरकार आलोचना गर्न पनि लायक रहेन”– एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:२२ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार काम लायक नरहेको प्रतिक्रिया दिनुभएको छ । सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले वर्तमान सरकार आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया दिनुभएको हो । आज काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दावी गर्नुभयो ।

अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताउनुभयो । अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उहाँको दावी छ । अध्यक्ष ओलीले काँग्रेस अगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भएपनि ऊसँग जनतामा जाने कुनै एजेन्डा नरहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू