अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

१३ जिल्लाको अधिवेशन कात्तिक पहिलो साता गर्ने कांग्रेसको तयारी

बिआरटीनेपाल २०७८ असोज १९ गते ८:१९ मा प्रकाशित

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद देखिएका १३ जिल्लाको अधिवेशन कात्तिक पहिलो साता गर्ने तयारी गरेको छ ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील विवादका कारण कार्यतालिका अनुसार कुनै पनि अधिवेशन हुन नसकेका १३ जिल्लाको वडा, पालिका र जिल्ला अधिवेशन दशैँपछि अर्थात कात्तिक पहिलो साता गर्ने तयारी गरेको हो ।

क्रियाशील सदस्यता छानविन समितिले १३ जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरिसकेको जनाएको छ । अझै रसुवा, बारा र रौतहटको क्रियाशील सदस्य विवाद टुङ्गो लाग्न बाँकी छ । अधिवेशन गर्न बाँकी रहेका जिल्लाको विवाद समाधान भएपछि नयाँ कार्यतालिका निकालेर अधिवेशन गर्ने निर्वाचन समितिले जनाएको छ । कांग्रेसले अहिलेसम्म ६४ जिल्लाहरुमा वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ ।

२१ हिमाली जिल्लामा दशैं अगाडी नै जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने गरी कार्यतालिका बनाइएकोमा अहिलेसम्म १० जिल्लाको मात्र अधिवेशन सकिएको छ भने ७ जिल्लामा अधिवेशन भइरहेको छ । बाँकी ४ जिल्लामा अधिवेशन हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू