अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

साढे ३३ किलो सुन प्रकरण – मुख्य आरोपी ’गोरे’ सहित ६ जनालाई जन्म कैद

बिआरटीनेपाल २०७८ असोज १९ गते ८:१० मा प्रकाशित

साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालत मोरङले मुख्य आरोपी चूडामणि उप्रेती ’गोरे’ सहित ६ जनालाई जन्म कैदको फैसला सुनाएको छ ।आज मङ्गलवार मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैदको फैसला सुनाएको हो । यस्तै एक जनालाई तीन वर्ष र एक जनालाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिइएको छ । यस प्रकरणमा मुछिएका सबै प्रहरीले पनि सफाइ पाएका छन् ।

यस प्रकरणमा प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको अदालतले जनाएको छ । यस प्रकरणमा मुख्य आरोपी ’गोरे’ सहित ७७ जनाविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब एक करोड ८० लाखभन्दा धेरै बिगो माग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू