अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

नेपालको पहिलो स्याटेलाइट ’नेपाली स्याट–१’ पृथ्वीको वायुमण्डलमा खस्यो

बिआरटीनेपाल २०७८ असोज १८ गते ८:४२ मा प्रकाशित

अन्तरिक्षमा २ वर्ष ३ महिना पूरा गरेर नेपालको पहिलो स्याटेलाइट ’नेपाली स्याट–१’ सोमबार खसेको छ । मिसनभन्दा २१ महिनाबढी अन्तरिक्षमा रहेर नेपाली स्याटेलाइट सोमबार पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो ।

नेपाली स्याट–१ अन्तरिक्षबाट पृथ्वीको अर्बिटमा सोमबार अपरान्ह ४ बजेर २६ मिनेटमा प्रवेश गरेको नेपाली स्याट मिसनका प्रमुख आभास मास्केले जानकारी दिए । सोमबार बिहान नेपाली–स्याट–१ सँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना–१ खसेको थियो ।

नेपाली स्याटेलाइटले अन्तरिक्षमा रहँदा १३ हजार ४५६ फन्को लगाएको स्याटेलाइटका अर्का निर्माणकर्ता हरिराम श्रेष्ठले जानकारी दिनुभयो । यसअघि नेपाली स्याटेलाइट अगस्टमा २४मा खस्ने प्रक्षेपण गरिएको थियो ।२०७६ साल असार २ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट–१ सहित श्रीलंकाको राभाना–१ र जापानको इगिसु स्याटेलाइट एकसाथ पृथ्वीको तल्लो कक्ष (अर्बिट)मा छाडिएको थियो ।

बर्डस–३ मिसन अन्तर्गत यी स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयमा निर्माण गरेर अमेरिकाबाट २०७६ साल वैशाख ५ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस)मा पठाइएको थियो । आईएसएसमा पुगेको दुई महिनापछि ३ वटा स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू