अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

काठमाण्डौ उपत्यकाबाट २ सय ७ जना पाकेटमार पक्राउ

बिआरटीनेपाल २०७८ असोज १८ गते ८:०५ मा प्रकाशित

महानगरीय प्रहरी परिसर काठमाण्डौले विशेष अभियान सञ्चालन गरेर दुई सय सात जना पाकेटमारलाई पक्राउ गरेको छ । गएको भदौ ५ गतेदेखि असोज १५ गतेसम्म सञ्चालन गरिएको अभियानमा काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले आज सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रु र किनमेल गर्न बजारमा गएकाहरूको पाकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।पक्राउ परेका दुई सय सात जनामध्ये एक सय ६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पुरा भइ जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कारागार चलान गरेको परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिहंले बताउनुभयो ।

पाकेटमारहरू समूहमा सार्वजनिक बसभित्र पसेर यात्रुहरूलाई घेराबन्दीमा पारेर साङ्केतिक भाषाको प्रयोग गर्दै नगद, मोबाइल तथा सुन चोरी गर्ने गरेको एसएसपी सिंहले बताउनुभयो । काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था सामान्य बनाउन र दशैँका बेला हुने आवतजावतमा हुन सक्ने पाकेटमारी तथा चोरीलाई रोक्न सक्रिय भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू