अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 21:38

आफ्नो पदीय जिम्मेवारीको बारेमा सचेत रहेको सभामुख सापकोटाको भनाइ

बिआरटीनेपाल २०७८ असोज १८ गते ७:५४ मा प्रकाशित

सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीको बारेमा सचेत रहेको बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाको सो भनाई बाहिरिएको हो ।

संघीय संसद सचिवालय कर्मचारी युनियनले गरेको एक कार्यक्रममा उहाँले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताउनुभयो ।

सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिवद्धता समेत दोहोर्याउनुभयो । उहाँले संसदको कार्यभार असाधारण र असमान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकतावद्ध हुन आह्वान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू