अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

पञ्चा सिंह अखिल क्रान्तिकारीको अध्यक्ष चयन

बिआरटीनेपाल २०७८ असोज १७ गते ८:२२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन हुनुभएको छ । काठमाडौंमा जारी क्रान्तिकारीको अधिवेशनले अध्यक्ष चयन गर्ने जिम्मेवारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो।

अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा सिंहलाई आज चयन गर्नुभएको हो । कालिकोटकी सिंह सर्वसम्मत रूपमा अध्यक्ष चयन भएको उपाध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । सिंह माओवादी नेता जनार्दन शर्मा निकट मानिनुहुन्छ ।

क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत पनि आकांक्षी हुनुहुन्थ्यो । क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष सिंह बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू