अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

सेनेटरी प्याडको सम्पूर्ण कर हटाउन माग गर्दै पोखरामा विरोध प्रदर्शन

बिआरटीनेपाल २०७८ असोज १७ गते ८:१८ मा प्रकाशित

महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याडमा लगाएको मूल्य अभिवृद्धि करविरुद्ध युथ कांग्रेस नेपाल कास्कीले विरोध प्रर्दशन गरेको छ ।सरकारले सेनेटरी प्याडमा लगाएको ‘रातो कर खारेज गर’ भन्दै पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा सांकेतिक विरोध प्रर्दशन गरिएको हो ।

निःशुल्क वितरण गर्नुपर्ने प्याडलाई उल्टै कर लगाउँदा स्वास्थ्य माफियाहरूलाई हौसला मिल्ने र प्याड जस्तो संवेदनशील वस्तुमा कर छुट नगरे कडा आन्दोलनमा उत्रने उनीहरूले चेतावनी छ ।

विरोध प्रदर्शनमा उनीहरूले महिनावारीसम्बन्धी सम्पूर्ण सामाग्रीहरूमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउनुपर्ने, महिलाहरूको सहज पहुँचमा पुग्ने गरी सामग्रीहरूको व्यवस्थापन गर्न माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू