अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

बिआरटीनेपाल २०७८ असोज १७ गते ८:१७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आइतबार आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपतिको कार्यालय, शितल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेस गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको संघर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली महिला आन्दोलनको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गर्दै सबै किसिमका लैङ्गिक विभेद अन्त्य गरी समानतामा आधारित समाज निर्माण गर्नेगरी आयोगले काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले आयोगलाई आगामी दिनमा अन्य संवैधानिक निकायसँग आवश्यक समन्वय र सहकार्य गरी महिला हक अधिकारको संरक्षण र संवद्र्धन तथा महिला हिंसा नियन्त्रणको क्षेत्रमा थप क्रियाशील भई कार्य गर्न समेत निर्देशन दिनुभएको छ ।

सो अवसरमा आयोगका अध्यक्ष पराजुलीले आयोगबाट आर्थिक वर्ष २०७७-७८ मा सम्पादित काम कारबाहीलाई समेटी तयार गरिएको चौधौं वार्षिक प्रतिवेदनमा समेटिएका मुख्य–मुख्य विषयहरू बारेमा संक्षेपमा प्रकाश पार्नुभएको थियो । यस्तै,आइतबार नै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल्सेना र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले राष्ट्रपति भण्डारीलाई नेपालको संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू