अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

अत्तालिएर नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई एमालेमै फर्किन ओलीको आग्रह

बिआरटीनेपाल २०७८ असोज १७ गते ८:१३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभएको छ ।पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीमा गएका सच्चा एमाले कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्नुभएको हो । उहाँले एमालेमा फर्किने वातावरण बनाउन स्थानीय तहदेखि नै पहल गर्न नेताहरुलाई निर्देशनसमेत दिनुभएको छ ।

अध्यक्ष ओलीले एमालेको सरकार ढाल्न सारा शक्ति लागेको आरोप लगाउँदै सरकार ढाल्न जो जो लागे ती सबै शत्रु भएको बताउनु भयो । उहाँले कुस्ती खेलाडीलाई विपक्षीले अलिअलि प्रहार गरेन भने जीतको रणनीति बनाउन गाहा्रे हुने भन्दै अब एमालेले सशक्त रणनीति बनाउने पनि अठोट व्यक्त गर्नुभयो । जितेर सरकारमा गएकाले फेरि पनि जितेरै सरकारमा जाने उहाँले जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू