अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

एमालेले संविधान र लोकतन्त्रमाथि नै हमला गर्यो– महासचिव भुसाल

बिआरटीनेपाल २०७८ असोज १६ गते ७:४४ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ ।महासचिव भुसालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई विषय बनाएर संसद अवरुद्ध पार्नु गैरसंवैधानिक र गैरकानुनी कदम भएकोसमेत बताउनुभयो ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सदन अवरुद्ध पार्ने कामले एमाले आफैँ जनताको माझमा नांगिदै गएको दावी गर्नुभयो । महासचिव भुसालले मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताउनु भयो । तर, उहाँले मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्ने विषय भने खुलाउनुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू