अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

’काठमाडौंमा सभा, सम्मेलन, जात्रा तथा चाडपर्व मनाउन रोक लगाइएको छैन’–प्रशासन

बिआरटीनेपाल २०७८ असोज १५ गते ८:१६ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विहीवार जारी गरेको आदेशबारे स्पष्टीकरण दिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिक-सांस्कृतिक मेला, जात्रा पर्व लगायतका चाडपर्व गर्न रोक नलगाएको जानकारी दिनु भएको हो ।

प्रशासनले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी गरिने कुनै पनि चाडपर्व र सभा सम्मेलनमा बन्देज नलगाएको स्पष्ट पारेको हो । विहीवार प्रशासनले जारी गरेको आदेशमा कोभिड १९ संक्रमण कायमै रहेकाले अनावश्यकरुपमा घरबाट ननिस्किन, जम्मा नहुन, भिडभाड नगर्ने, जुलुस नगर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न- नगराउन’ उल्लेख थियो ।

प्रशासनको उक्त आदेश सार्वजनिक भएपछि आलोचना भएको थियो । तर गृहमन्त्रालयले सभा, सम्मेलन, जात्रा तथा चाडपर्व मनाउन रोक नलगाएको स्पष्टीकरण दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू