अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

सल्यानमा जीपको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु, तीन जना घाईते

बिआरटीनेपाल २०७८ असोज १५ गते ८:०९ मा प्रकाशित

सल्यानमा जीपको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । आज बिहान बागचौरबाट खलंगा जादै गरेको लु २ च ५७०१ नम्बरको जीपले राप्ती राजमार्ग अन्तर्गत शारदा नगरपालिका २ बाङ्गेसल्लामा ठक्कर दिँदा शारदा नगरपालिका ६ बरलाका अन्दाजी १८ बर्षिया रेखा बुढाथोकी र सुनिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते तीन जनालाई थप उपचारका लागी नेपालगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शिवजन माध्यामिक विद्यालय सितलपार्टीमा अध्ययनरत पाँच जना छात्रा विद्यालय जाने क्रममा बाङगेसल्लाको छहारी मुनि बसेको बेला जीपले ठक्कर दिएको हो ।

यसैबीच, पीडित पक्षले दोषीलाई कारवाहीको माग गदै दिउँसोदेखि राप्ती राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू