अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

बिआरटीनेपाल २०७८ असोज १५ गते ८:०७ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ । जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताउनुभयो । सभामुख थापाले प्रदेश प्रमुखको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो । यस अधिवेशनमा १० वटा विधेयक पारित भएको र चार विधेयक प्रमाणीकरण भएको थियो ।

सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरणमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू