अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

प्रदेश २ मा विपक्षी दलद्धारा मुख्यमन्त्री राउतको राजीनामा माग

बिआरटीनेपाल २०७८ असोज १५ गते ८:०६ मा प्रकाशित

प्रदेश २ मा विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका हुन् ।

अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको थियो । अख्तियारले छापा मारेको विषयलाई लिएर मुख्यमन्त्री राउतले भने आपत्ति जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू