अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

अदालतको अवहेलना सम्बन्धी मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशलाई सफाई

बिआरटीनेपाल २०७८ असोज १५ गते ७:५६ मा प्रकाशित

अदालतको अवहेलनासम्बन्धी मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशले सफाई पाएका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा खारेज गरिदिएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटन गर्दा पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले ‘असंवैधानिक’ भन्दै विज्ञप्ति निकाल्नुभएको थियो ।

यो विषय अदालतमा पुगिसकेको र पूर्व प्रधानन्यायधिसले अदालतलाई प्रभाव पार्ने गरी विज्ञप्ति निकालेको भन्दै अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेत लगायतले अदालतको अवहेलनासम्बन्धी रिट दर्ता गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू