अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 12:47

जनहितका योजना अघि जनप्रतिनीधिमूलक संस्थालाई राष्ट्रपति भण्डारीको सुझाव

बिआरटीनेपाल २०७८ असोज १५ गते ७:५५ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुसार उपलब्ध साधन–स्रोतको पहिचान एवम् परिचालनको सामर्थ्य आकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुझाव दिनुभएको छ ।जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज शुक्रवार काठमाण्डौमा सुरु गर्दै उहाँले देशको सर्वाङ्गीण रूपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नपर्ने बताउनुभयो ।

विगत दुुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा पालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले सङ्क्रमण अन्त्य भइ नसकेका अवस्थामा जनताका गतिविधिलाई सहज तुल्याउन जनप्रतिनिधिलाई आग्ह गर्नुभयो । आयोजक संस्था महासङ्घकी अध्यक्ष सीता सुन्दासले आफ्नो नेतृत्वमा महासङ्घले जनहितका लागि गरेको विविध प्रयासबारे जानकारी दिनुभयो ।

कार्यक्रममा उपाध्यक्ष सन्तबहादुर तामाङले तीन तहका सरकारबीचका विकास निर्माण र सेवा प्रवाहलगायतका कामको अनुगमन, समन्वय र सहजीकरणको जिम्मेवारीमा सबै तहले आफूलाई स्थापित गर्ने प्रतिस्पर्धामा अग्रसर हुँदा महासङ्घलाई ओझेलमा पारेको भनी गुनासो गर्नुभयो । नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्यन्जूले सङ्घ र प्रदेश सरकारको तुुलनामा नागरिकका हितका लागि पालिकाले न्याय निरूपण, बजेट तर्जुमा, विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी भूमिका खेलिरहेको बताउनुभयो ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले महासङ्घको जगका रूपमा रहेका पालिकाले जनहितमा काम गर्ने सिलसिलामा कार्यक्षेत्रभित्र नपरेका र कानुनमा उल्लेख नभएका विषयमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको उदाहरण प्रस्तुत गर्नुभयो । राष्ट्रिय परिषदमा देशका ७७ जिल्ला समन्वय समिति महासङ्घका प्रमुख, उपप्रमुखसहितको सहभागिता छ । महासङ्घले चार वर्षमा संस्थाको आवश्यकता र प्रभावकारिताको सुझाइ स्थापित गर्न सफल भएको कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू