अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

बुद्ध एयरमा देखिएको प्राविधिक समस्या स्वाभाविक – उड्डयन सहसचिव लामिछाने

बिआरटीनेपाल २०७८ असोज १५ गते ७:५२ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताउनुभएको छ । उहाँले बुद्ध एयरमा भएको घटनाको विस्तृत अनुसन्धान भइरहेको पनि बताउनुभएको छ । नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा शुक्रबार सिंहदरबारमा गरेको छलफलमा सहसचिव लामिछानेले विमान मसिनबाट चल्ने भएकोले कहिलेकाही केही समस्याहरु देखिनु स्वभाविक भएको तर्क गर्नुभयो ।

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताउनुभयो । उहाँले नागरिक उड्ययन प्राधिकरणलाई हित हुने गरेर राम्रो सुझाव आए सहस्र स्वीकार्ने बताउनुभयो ।जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपूर्जा, ल्याण्डिङको आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताइएको छ । यति एयरलाइन्सका अप्रेसस म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नु भन्दाअघि इन्जिनियरहरुले चेक गरेपछि मात्रै उड्ने भएकोले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताउनुभयो ।

श्री एयरलाइन्सका अध्यक्ष सुधिर मित्तलले गाडीको जस्तै जहाजको पनि टेक्निकल समस्या आउने भएकोले हालै भएको बुद्ध एयरमा त्यही समस्या दोहिरिएको बताउनुभयो । उहाँले सधैं आइरहनु ठूलो समस्या भएको तर कहिलेकाँही देखिनुलाई ठूलो समस्या भन्न नसकिने बताउनुभयो । उहाँले १५ वर्षको इतिहासमा पहिलो पटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू