अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

नेपालमा कोरोना सङ्क्रमण दर ६ प्रतिशतमा झर्यो, ८ सय ३४ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ असोज १० गते ७:५१ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ६ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १३ हजार ७ सय ३६ जनाको नमुना परीक्षण गर्दा ८ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ८१ हजार ९ सय ३९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ७९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ६१ हजार १ सय ५४ पुगेको छ । यही अवधिमा थप ९ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा १९ हजार १ सय ४२ जना सक्रिय सङ्क्रमित रहेकामा ३ सय ६८ जनाको आईसीयू र १ सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख २ हजार ३ सय १ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख ३६ हजार ४ सय १ र एक मात्रा लगाउनेको सङ्ख्या ६६ लाख ९ हजार २ सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू