अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

नेपालमा थप १ हजार ३ सय ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ असोज ५ गते ७:२८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा एक हजार ३३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ८३० जना निको भएका छन् ।

आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ भने ७ लाख ५४ हजार जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू