अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

एमालेको विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक टेबुल

बिआरटीनेपाल २०७८ असोज ५ गते ७:२३ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक २०७८ टेबुल भएको छ । राष्ट्रिय सभाको आज मङ्गलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको विरोधका बीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गर्नुभएको हो ।

राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरूलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागू गराउनका लागि सभामुखको भूमिका हुनु गलत भएको बताउनुभयो । उहाँले नेकपा एमालेले कारबाही गरेका सांसदहरूको सूचना सभामुखले अहिलेसम्म पनि टाँस नगरेको भन्दै राष्ट्रिय सभा बैठकको अवरोध जारी राख्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू