अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

जनताको बलिदानबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्छ : राष्ट्रपति

बिआरटीनेपाल २०७८ असोज ३ गते ०:१२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताउनुभएको छ ।संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारील राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा बताउनु भएको हो ।

लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरूलाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू