अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

संविधान दिवसको कार्यक्रममा जसपा सहभागी नहुने, त्रुटीपूर्ण प्रावधानको विरोध गर्न आह्वान

बिआरटीनेपाल २०७८ असोज २ गते ७:५५ मा प्रकाशित

सत्ता गठबन्धन घटक जनता समाजवादी पार्टीले यसवर्ष पनि संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ ।अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने उल्लेख गर्नुभयो ।

संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरण लगायतका प्रावधान अधुरो र अपूर्ण रहेको जसपाको ठहर छ । यस्तै संविधानका धेरै धाराहरूमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने जसपाले जनाएको छ ।

अध्यक्ष यादवले विज्ञप्तिमा संविधानका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानको विरोध गर्न पनि आह्वान गर्नुभएको छ । नेपालको संविधानले उत्पीडित समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको जसपाको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू