अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

बाढी र वर्षातका कारण न्युयोर्कमा तीन नेपालीको मृत्यु

बिआरटीनेपाल २०७८ भदौ १७ गते २०:२० मा प्रकाशित

न्यु योर्क । बाढी र वर्षातका कारण न्यु योर्कमा एकै परिवारका ३ नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा न्यु योर्क सिटीको क्वीन्सस्थित उडसाइडमा बसोबास गर्दै आएका आङ गेलु लामा , उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूको १९ महिनाको छोरा लोप्साङ परेका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) ले उक्त घटनाप्रति समवेदना व्यक्त गरेको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोङले समवेदना विज्ञप्ति फेसबुकमा शेयर गरेका छन् । ‘बाढी र बर्षातले सपरिवारको असामयिक निधन भएको खबरले मर्माहत बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस दुखत घडीमा दिवांगत आत्माहरुको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति धैर्य धारण गर्नै शक्ति भगवानले प्रदान गरुन् । हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ ।’

डेली न्युजको अनलाइन संस्करणका अनुसार उनीहरू बसोबास गर्ने बेसमेन्टमा बाढी पसेको थियो । उक्त बाढीबाट उम्किन नसकेपछि उनीहरूको मृत्यु भएको हो । दिवङ्गत परिवारको पुर्ख्यौली घर नेपालको सोलुखुम्बु जिल्लास्थित दुधकुण्ड नगरपालिका हो ।

प्रतिक्रिया