अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

सामाजिक सुरक्षा कोषविरुद्ध योजनावद्ध षडयन्त्र सुरु : जिफन्ट

बिआरटीनेपाल २०७८ साउन २१ गते ९:२४ मा प्रकाशित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सामाजिक सुरक्षा कोष विरुद्ध योजनावद्ध षडयन्त्र सुरु भएको जनाएको छ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष सम्बन्धमा हालै दिएको अन्तरिम आदेश सच्चिने विश्वास पनि जिफन्टले गरेको छ ।

गत मंगलबार सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको थियो ।सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश नसच्चिएमा श्रम बजारमा अराजकता उत्पन्न हुने ठोकुवा जिफन्टले गरेको छ ।

ट्रेड युनियन महासंघहरू र उद्योग व्यवसायीहरुका संगठनबीच २०६७ साल चैत १० गते सामाजिक सुरक्षा लागू गर्ने सम्झौता भएको थियो । त्यसपछि २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू