अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

निर्वाचन आयोगद्धारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज, प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना

बिआरटीनेपाल २०७८ साउन १९ गते ७:२३ मा प्रकाशित

निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । १३६ वटा दलहरुवाट लगातार ३ वर्ष सम्म लेखा परिक्षण प्रतिवेदन आयोगमा नबुझाएका ४१ दलहरुलाई खारेजी गरि ९५ वटा दलको मात्र दर्ता कायम गरेको छ । आयोगको आज बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ । जरिवाना नतिरे सम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू