अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

मेलम्ची आयोजना भन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययनका लागि एडीबीलाई सरकारको आग्रह

बिआरटीनेपाल २०७८ साउन १८ गते ७:३८ मा प्रकाशित

सरकारले मेलम्ची खानेपानी आयोजना भन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन एसियाली विकास बैंक (एडीबी) लाई पत्राचार गरेको छ ।

आज प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा खानेपानी सचिव प्रमिलादेवी बज्राचार्यले मेलम्ची आयोजनाको मुख्य बाँध भन्दा माथिको भौगर्भिक अध्ययन गर्न एडीबीलाई पत्राचार गरेको जानकारी दिनुभयो ।

उहाँले मेलम्चीको हेडवक्र्स भन्दा माथिबाट लेदोसहितको बाढी आएको र यसबारे एडीबीलाई पनि पत्राचार गरेर दीर्घकालीन अध्ययन गरिदिनका लागि भनिएको बताउनुभयो । उहाँले जिओलोजी के छ भनेर अध्ययन गरेर प्रतिवेदन दिनका लागि पनि एडीबीलाई भनिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू