अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

भारतीय एसएसबीले तुइन काट्दा महाकालीमा खसेका एक नेपाली बेपत्ता

बिआरटीनेपाल २०७८ साउन १५ गते ८:१७ मा प्रकाशित

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी आज बेपत्ता भएका हुन् ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो । भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदिएको धामीको भनाइ छ ।

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू