अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

पूर्वमाओवादीका चार नेताको रिटको सुनुवाई आज हुँदै, न्यायाधीश कार्कीको एकल इजलासमा पेशी

बिआरटीनेपाल २०७८ साउन १४ गते २:५९ मा प्रकाशित

पूर्व माओवादीका चार निवर्तमान सांसदहरुले दायर गरेको रिटको सुनुवाई आज हुँदैछ ।सांसद पदमा पुनर्बाहलीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा अलग–अलग रिट दायर गर्नुभएको थियो ।

उहाँहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेशी तोकिएको छ ।आफूहरु एमालेमा प्रवेश नगरेकोले माओवादी केन्द्रमै रहेको उहाँहरुको जिकिर छ।

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि यी चारैजना नेताहरु पद छाड्ने तर ओलीको साथ नछाड्ने भन्दै एमालेतिर लागेपछि माओवादी केन्द्रले सांसद पदबाट बर्खास्त गरेको थियो । तीन महिनापछि चारैजना नेताहरु पुनर्बहालीको माग राखेर सर्वोच्च गएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू