अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

नेपालमा अनलाइन गेम पब्जी र फ्रि फायर बन्द गर्न माग

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:२७ मा प्रकाशित

सांसदहरुले नेपालमा विभिन्न अनलाइन गेम बन्द गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आशाकुमारी विकले अनलाइन गेमका कारण बालबालिका तथा अभिभावकहरूमा समेत मानसिक समस्या उत्पन्न भएको भन्दै त्यस्ता गेम बन्द गर्नुपर्ने माग गर्नुभएको छ ।

मंगलवार सदनमा धारणा राख्दै सांसद विकले लकडाउनका समयमा बालबालिकालहरूमा पब्जी र फ्रि फायर जस्ता गेमको लत बसेकाले यस्ता गेममाथि प्रतिबन्ध गर्न माग गर्नुभयो ।

गेमको लतका कारण बालबालिकाहरुमा डराउने, झर्किने जस्ता मानसिक समस्या देखापरेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । सरकारले यस्ता गेम बन्द नगरे अभिभावकहरू अदालत जाने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू