अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

‘सरकारलाई समर्थन गरियो तर सहभागी हुँदैनौँ’– नेता कर्ण

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:१७ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले आउँदो रणनीतिबारे छलफल सुरु गरेको छ । हिजो सोमवार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका सङ्घीय सांसद र प्रदेश सभाका काठमाण्डौमा उपलब्ध सांसदहरूले आजदेखि छलफल सुरु गरेका हुन् ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने तर सरकारमा भने नजाने स्पष्ट पारेको छ ।

ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाइदिएको आरोप लगाउँदैै आएको छ । सोमवार ५१ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यमध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो ।

प्रतिक्रिया