अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

बिआरटीनेपाल २०७८ साउन ११ गते ७:४१ मा प्रकाशित

पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जना चोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारी साधनको चापलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो । कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत ५० लाख रुपैयाँ विनियोजन गरेसँगै सिर्जना चोकमा आकाशे पुल निर्माण कार्य सुरु गरिएको थियो ।

महानगरपालिकाको दुई करोड १५ लाख रुपैयाँको लागतमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको इञ्जिनियर राजु रेग्मीले जानकारी दिनुभयो । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको यो आकाशे पुल जिल्लाकै पहिलो भएको जनाउँदै उहाँले भन्नुभयो, पुलको रङ्गरोगन र सिसाको छानो राख्नेबाहेक सम्पूर्ण निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आएको हो ।

इञ्जिनियर रेग्मीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारैतर्फबाट ओर्लन मिल्छ । आकाशे पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनमाथिका सबै संरचना निर्माणमा स्टिल प्रयोग गरिएको छ । महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणका लागि केएम जेबीएनएस पोखरा जेबीसँग सम्झौता भएको यस पुलको निर्माण कार्य २०७७ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण निर्माण कार्य ढिला भइ एक वर्षपछि सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू