अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

नेपालमा एकै दिन ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, थप २५ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन ११ गते ७:३० मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ४० जनाको पीसीआर र ५ हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार २ सय ७२ जनाको परीक्षण गर्दा ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको झन्डै २० प्रतिशत हो ।

योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ लाख ३८ हजार ९ सय १८ जना पुगेको छ । यस्तै गएको २४ घण्टामा १ हजार ६ सय ८६ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३ सय १ पुगेको छ ।

यही अवधिमा थप २५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ । अहिले नेपालमा २७ हजार ९ सय ८ जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ६ सय ६९ जनाको आईसीयू र १ सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू