अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

साउन १२ का लागि तय भएको कांग्रेस वडा अधिवेशन स्थगित

बिआरटीनेपाल २०७८ साउन ९ गते ३:२३ मा प्रकाशित

नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि साउन १२ गतेका लागि तय गरिएको वडा अधिवेशन पदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसको केन्द्रीय अधिवेशनका विषयमा भने कुनै निर्णय नभएको भन्दै वडा अधिवेशन सर्दैमा केन्द्रीय अधिवेशन पनि सर्छ भन्ने नसोच्न शर्माले आग्रह समेत गर्नुभयो ।

कांग्रेसले वडा अधिवेशन साउन १२ मा , स्थानीय तहको अधिवेशन साउन १६ र २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो । कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ मा हुने कार्यतालिका थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू