अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

जसपाको संसदीय दलको विधान पारित

बिआरटीनेपाल २०७८ साउन ५ गते ७:१९ मा प्रकाशित

जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा संसदीय दलको विधान पारित गरेको छ । संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुङ्गो लगाउने नेताहरुले बताएका छन् । सिंहदरबार स्थित दलको कार्यालयमा बसेको बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राई समेत २० सांसदको उपस्थिति थियो । प्रतिनिधिसभामा जसपाका ३२ सांसद छन्, तीमध्ये बहुमत सांसदहरु उपेन्द्र यादवको पक्षमा छन् ।

यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर, अहिले महतो अल्पमतमा पर्नुभएको छ । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । आयोगले विवाद टुंगो लगाएपछि साउन १० गतेपछि जसपाले सरकारमा सहभागिता जनाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू