अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

ओली पक्षले सोधेको स्पष्टिकरणको जवाफ नदिने नेपाल पक्षको निर्णय

बिआरटीनेपाल २०७८ साउन ५ गते ७:१७ मा प्रकाशित

एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । हिजो बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उङ्लघन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ओली पक्षको यो निर्णय लगत्तै हिजो बेलुका माधव नेपाल सहितका २२ सांसदहरु बीच स्पष्टीकरणको जवाफ दिने कि नदिने भन्ने विषयमा छलफल भएको थियो ।

छलफलले जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको बताईएको छ । अध्यक्ष ओलीले देउवालाई भोट हाल्ने २२ जना नेता एमालेमा नफर्कने निष्कर्ष सुनाउँदै उनीहरू बिनै एमाले पार्टी चल्ने सङ्केत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू