अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

बोस्टनमा वसन्तको कविता

बिआरटीनेपाल २०७८ असार १६ गते ७:२९ मा प्रकाशित

साहित्यकार वसन्त श्रेष्ठले बोस्टनमा एक दर्जन कविता सुनाएका छन् । आइतबार सिर्जना उत्सव , बोस्टनले आयोजना गरेको ‘ सर्जकसँग एक साँझ’ कार्यक्रममा उनले कविता सुनाएका हुन् । बोस्टनमा आधा दशक बिताएका वसन्तले कविता वाचनका क्रममा बोस्टनको जीवनको सम्झना पनि सुनाए ।

मुक्तक र कविताका साथमा संस्मरण मिसिएको उनको अन्तर्क्रियात्मक प्रस्तुतिलाई साथ दिन गैर आवासीय नेपाली सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेदेखि नेपाली चलचित्र ट्रक ड्राइभरकी नायिका एलना श्रेष्ठ, समाजसेवी प्रह्लाद केसी, अनेसास बोस्टन च्याप्टरका संस्थापक अध्यक्ष अच्युत अधिकारी, महेश्वर पन्त, ममता कर्माचार्यसम्मले साथ दिएका थिए ।

गोवर्द्धन पूजाको संयोजनमा आयोजित उक्त कार्यक्रममा थानिरत्न कँडेल, नवीन उप्रेती, लव अधिकारी, विद्या श्रेष्ठ, देवेश मल्ललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया