अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

“प्रधानमन्त्री ओली खलनायक” – प्रचण्ड

बिआरटीनेपाल २०७८ असार १० गते ८:२८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली खलनायक भएको भन्दै आलोचना गर्नुभएको छ । प्रधानमन्त्री ओलीका कारण देशलाई सुधार गर्ने शक्ति एकठाउँमा उभिएको भन्दै प्रचण्डले ओलीलाई त्यसका लागि धन्यबाद पनि दिनुभएको छ । आज संघीय संसद भवन बानेश्वरमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै उहाँले पाँच दलीय गठबन्धन अवसरवादी नभएको बताउनुभयो ।

यस्तै प्रचण्डले पाँच दलीय गठबन्धन छलफलपछि मात्रै बनेको र दीर्घकालसम्म रहने पनि बताउनुभएको छ । उहाँले नेकपा एमालेभित्रको संघर्ष अलि पेचिलो रहेको पनि बताउनुभयो । प्रचण्डले आफूहरू कुनै सेटिङमा नलागेको बरू सेटिङ भएका छन् भने त्यो तोड्ने पनि बताउनुभयो । उहाँले संवैधानिक निकायहरूलाई सरकारले हस्तक्षेप गरी काम गर्न नसक्ने अवस्थामा पुर्याएको पनि आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू