अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

जसपाको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष सशरीर निर्वाचन आयोग जाने

बिआरटीनेपाल २०७८ असार ३ गते ६:४४ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा पुनः आधिकारिकता दावी गर्ने निर्णय गरेको छ ।विहीवार बसेको जसपा कार्यकारिणी समिति बैठकले बहुमत सदस्यसहित सशरीर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।

जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकले अर्कालाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरेको थियो । दुवै पक्षले कारबाहीको पत्र निर्वाचन आयोगलाई पठाएका थिए। तर आयोगले त्यसलाई अस्वीकार गरेको थियो।आयोगको निर्णयविरुद्ध बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले राजनीतिक र कानुनी लडाइँ लड्ने बताएको थियो।

कार्यकारिणी समिति  बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएमा महन्थ यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । यता महन्थ ठाकुर पक्षले विहीवार पार्टीको कुनै औपचारिक कार्यकारिणी समिति बैठक नबसेको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू