अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

नेपालमा २४ घण्टामा ५ हजारभन्दा धेरै कोरोना सङ्क्रमणमुक्त, २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ७:४५ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार १ सय ४७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । आज निको भएकासँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ५ लाख ३६ हजार दुई सय ५२ पुगेको छ ।अहिले नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ८७ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा २ हजार ९ सय १८ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४९ र ५ हजार ३ सय ८१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८ सय ६९ जनामा सङक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख १० हजार ५ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट प्राप्त विवरणसहित ५३ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ४ सय ६५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू