अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

पूर्वप्रधानमन्त्री झलनाथ खनालको अक्सिजन ‘सपाेर्ट’ मा उपचार हुँदै

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ७:३२ मा प्रकाशित

थापाथलीमा रहेकाे नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सपाेर्ट (सहयोग) मा उपचार भइरहेको छ । गएकाे नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलीमा रहेकाे नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्राे हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको लक्षण हेर्दा कोभिडपछिको समस्या हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू