अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त,थप ६७ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ जेठ २८ गते ८:३४ मा प्रकाशित

गएको २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ ।

नेपालमा  अहिले सङ्क्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  ९ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार सात सय ९ जना र ५ हजार ५ सय ८४ जनाको एन्टिजेनबाट परीक्षण गर्दा एक हजार ४१ जनामा सङ्क्रमण पाइएको हो ।

योसहित अहिलेसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ । यस्तै, गएको २४ घण्टामा थप ६७ जनाको ज्यान गएको छ । कोरोनाका कारण अहिलेसम्म ८ हजार ३ सय ५ जनाको ज्यान गएको छ । नेपालमा अहिले ७५ हजार २ सय ७५ जना सक्रिय सङ्क्रमित छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू