अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

जसपाका अध्यक्षद्वयबीचको सहमति केही घण्टामै भंग

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:४९ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति केही घण्टामै भाँडिएको छ ।अध्यक्षद्वय ठाकुर र यादवबीच आज राजेन्द्र महतोलाई दिइएको संसदीय दलको नेता पद फिर्ता लिने सहमति भएको थियो ।

सहमतिमा संयुक्त वक्तव्य दिएको केही घण्टामै ठाकुरले संसदीय दलको नेता महतो भएको पत्र संघीय संसद् सचिवालयमा पठाउनुभएको छ ।पत्र संसद् सचिवालयमा १३७९ नम्बरमा आज दर्ता भएको छ । सचिवालय स्रोतका अनुसार संसदीय दलको विधान र दलको बैठकको माइन्युट पनि संलग्न छ। ३० बैशाखमा बसेको दलको बैठकले महतोलाई दलको नेतामा निर्वाचित गरेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू